जन आकाश
फोटोको स्रोत नेपाल कृक्रेट एशोसिएसन
मोहन कार्की ।
नेपाली राष्ट्रिय कृक्रिट टोली अन्तराष्ट्रिय खेल खेल्न ओमानमा छ । नेपालले टि २० वल्डकप क्वालीफायरको लागि प्रतिस्पर्धा गरिरहेको छ । प्रतिस्पर्धामा कुनैपनि खेल नहारीकन खेलिरहेको छ । सुपर सिक्स भित्र पर्न नेपालले कुवेत र जापानसँग खेलेको खेलमा दुवै खेल जितेर सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो ।
सुपर सिक्समा पनि चिरपरिचित प्रतिस्पर्धी राष्ट्र युएईसलाई १ रनले पराजित गरेर रोमाञ्चक जित निकालेको थियो । त्यसैगरी कतारलाई अविस्मरणीय रुपमा ४ रनको झिनो अन्तरले अन्तिमा कमव्याक गरेर पराजित गरी विश्वकप छनौट हुने सम्भावना नेपालले कायमै राखेको छ । समूह बिमा रहेको नेपालले अव दुई खेल खेल्न बाकी छ । आयोजक टिम ओमान र सोभाना देशसँग यी दुई खेल लगातार विजय हाशिल गरेमा नेपालले क्वालीफायरको ट्रफी समेत उचाल्ने छ । समूह बिमा रहेको नेपाल र ओमानको समान छ/छ अंक रहेको छ । तर रनरेटको आधारमा नेपाल भन्दा ओमान अगाडी रहेको छ । नेपाल र ओमानलाई अव खेलिने दुई खेल मध्य दुवै राष्ट्रले एक÷एक खेल जितेपनि क्यालिफायर हुनेछन् । यदी दुवै खेल हारेको खण्डमा भने अरुको नतिजा कुर्नुपर्ने देखिन्छ । सम्भवत ओमान र नेपालबीच प्रतिस्पर्धा अक्टोबर १५ तारिकमा हुदैछ । यस खेललाई ओमान र नेपालले विश्वकप यात्राको फाईनल खेल जतिक्क मानेका छन् ।
नेपाल र ओमानमध्य जुन टिमले जित्छ उसको खातामा ८ अङक हातमा हुनेछ । उसले ढुुक्क भएर बस्नेछ । त्यसैले नेपालको खेल प्रदर्शन टिमवर्कमा अत्यन्तै राम्रो लयमा देखिएको छ । व्याटसम्यानहरु एउटा नचले अर्को चल्ने र रन मध्यमस्तरको बनाउदै आएका छन् । त्यसलाई बलरहरुले साथ दिदै हार्न लागिसकेको खेलपनि अन्तिममा जिताएकाछन् । त्यसकारण नेपालले २०२६ मा श्रीलंका र भारतमा हुन गईराखेको टि २० वल्डकप प्रतिस्पर्धामा आफ्नो स्थाना सुरक्षित गर्न लागेको छ । यो नेपाल देशको लागि निक्कै खुशीको विषय हो ।
नेपालको राष्ट्रिय कृक्रेट टिमले विश्वकप खेल्न पाउदा नेपालको परिचय र नेपालको गर्व बढाउन सक्छन् ।
त्यही भएर पनि नेपालले खेलकुदमा विशेष गरेर कृक्रेटमा गरिरहेको प्रगतिलाई देखेर नेपाल सरकारले गोकर्णमा अन्तराष्ट्रिय कृत्रेट रंगशाला बनाएर सुधारको काम गरिरहेको छ । कृर्तिपुर रंगशाला सुधार गरेर अन्तराष्ट्रियस्तरको सेवा सुविधा सम्पन्न गरिसक्न लागेको छ । चितवनमा गौतमबुद्ध अन्तराष्ट्रि स्टेडियम बनिरहेको छ । सुर्खेतमा त्यसैगरी कृक्रेट स्टेडियम बनिरहेको छ । त्यसैगरी विराटनगरमा, जनकपुरमा कृक्रेट मैदानहरु सुधारका कामहरु पनि भईरहेका छन् ।
नेपाली राष्ट्रिय टिमले अन्तराष्ट्रियस्तरमा गरिरहेको राम्रो प्रदर्शन र नेपाले कृत्रेटको लागि गरिरहेको कामले आउदा दिनमा नेपालमा खेलकुद पर्यटनको विकास गर्न सकिने आधार तयार हुदै गएको छ । यसलाई अझै अध्ययन गरेर जसरी अहिले दुवैले कृत्रेट खेलको अन्तराष्ट्रिय प्रतियोगिताहरु सञ्चालन गरेर मनग्यै आम्दानी गरिरहेको छ । त्यसैगरी नेपालले पनि अन्तराष्ट्रिय खेलहरु आयोजना गरेर नेपाललाई खेलकुद पर्यटनवाट अर्थतन्त्रको विकास गर्न सक्छ आधार बन्दै गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend