logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जेरी अन टप’ अनमोल केसीको करिअरकै सबभन्दा लामो फिल्म


  • जन आकाश
  • बिहिबार, असोज ३० २०८२

काठमाडौं । अभिनेता अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म ुजेरी अन टपु शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ। यो फिल्म अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ। यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५५ मिनेट) तोकिएको छ ।



जुन सामान्यतयाः नेपाली फिल्मको औसत लम्बाईभन्दा बढी हो। यो अनमोलको फिल्म करिअरकै सबभन्दा लामो फिल्म हो। यसअघि ड्रिम्सु उनको सबभन्दा लामो फिल्म थियो। जसको रनटाइम २ घण्टा ४६ मिनेट थियो।

जेरी अन टपु का निर्माता सरोज न्यौपानेका अनुसार, फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गर्नेछ। यससँगै फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डले केही समयभित्रै प्रमाणपत्र प्रदान गर्ने तयारी रहेको निर्माता न्यौपानेले जानकारी दिए।

यो फिल्म हेर्न अब दर्शकले हलमा झन्डै साढे ३ घण्टा हलमा समय दिनुपर्ने हुन्छ। फिल्मको लम्बाई लामो हुँदा यसले फिल्मको शोमा समेत असर पर्छ। रनटाइम लामो भए पनि ुजेरी अन टपु ले राम्रो शो पाएको छ । निर्माण पक्षले रनटाइम लामो भए पनि दर्शकले बोर महसुस नगर्ने विश्वास व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend