logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दुई खेलअगावै टी-२० विश्वकप पुगेको नेपाल छनोटको उपाधि जित्ने दाउमा


  • जन आकाश
  • शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल आज ९शुक्रबार० सामोयाविरुद्ध भिड्दैछ।



ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। सुपर सिक्सको यो अन्तिम खेलमा सामोयालाई हराउँदै नेपाल टी(२०) विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि जित्न चाहन्छ।

सन् २०२६ मा हुने टी(२०) विश्वकपका लागि भने नेपाल यसअघि नै छनोट भइसकेको छ। आज सामोया हराए नेपाल अपराजित रहेर विश्वकप खेल्नेछ। विश्वकपको एसिया इस्ट प्यासिफिक छनोट प्रतियोगिताबाट नेपालसहित ओमान र यूएई विश्वकपका लागि छानिइसकेका छन्।

कतार, जापान र सामोया भने छनोट चरणबाट बाहिरिए। छनोट चरणका ४ खेलबाट ८ अंक बनाउँदै नेपाल शीर्ष स्थानमा छ। ५ खेलबाट ६ अंक जोडेको यूएई दोस्रो र ४ खेलबाट ६ अंक नै बनाएको ओमान तेस्रो स्थानमा छन्।

सामोया भने यसअघिका चारै खेलमा पराजित भयो। छनोट चरणमा जापानले एक र कतारले दुई खेल जिते। आजै हुने सुपर सिक्सको पहिलो खेलमा जापान र ओमान भिड्ने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend