logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालले त्रिकोणात्मक सिरिजमा अमेरिकासँग भिड्दै


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।



खेलका लागि नेपाली टोली कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल(कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।

युएईमा नेपालले दुवै देशसँग २र२ खेल खेल्नेछ। नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।

लिग(२) मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend