logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काभा कप भलिबल,६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल पाँचौ


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८२

काठमाडौं । गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपाल पाँचौ भएको छ। यसअघि चार हारसँगै पदकबिहिन बनेको नेपालले आज भएको पाँचौ स्थानको प्लेअफमा माल्दिभ्सलाई ३-१ ले हरायो।



पहिलो सेट नेपालले २९-२७ ले जित्यो भने दोस्रो सेट २५-२० विजयी भएर २-० को अग्रता लियो। तेस्रो सेटमा रोमाञ्चक बन्दा माल्दिभ्सले ३७-३५ ले आफ्नो पक्षमा पर्‍यो। चौथो सेटमा नेपाल २५-१९ ले विजयी हुँदै खेल जित्यो।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग ३-० को सोझो सेटमा पराजय भोगेको थियो। ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले नेपालले अफगानिस्तान र तुर्कमिनिस्तानसँग पनि ३-० को सेटमा पराजय भोगेको थियो। बंगलादेशसँग ३-२ को हार ब्यहोरेको नेपालले पाँच खेल मध्ये एक खेलमा जित निकाल्ने क्रममा माल्दिभ्स ३-० को सेटले हराएको थियो।

समूह चरणमा पाँच हारसँगै नेपाल पाँचौ स्थानमा समिति रह्यो। प्रतियोगितामा आज तुर्कनिमिस्तान र अफगानिस्तानबीच उपाधिका भिडन्त हुनेछ भने घरेलु टोली बंगलादेश र श्रीलंका तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend