जन आकाश
मोहन कार्की
नेपालमा यतिवेला पर्यटकीय सिजन शुरु भएको छ । नेपालका हिमालहरुमा हिउ पर्न थालिसकेका छन् । अन्य समयभन्दा धेरै पानी नपर्ने र आउजाउ गर्न सजिलो हुने विशेष गरेर हिमाल हेर्न आउने पर्यटकहरुको लागि कुइरो नलागेको वेलामा टाढा टाढावाट नै हिमाल हेर्न सकिने समयलाई नेपालमा पर्यटकीय सिजन मानिन्छ । हुनत नेपालमा १२ रै महिना प्राकृतिक रुपमा सुन्दरताले भरीपुर्ण छ यतिवेला कास्कीको पोखरामा घुम्न आउने पर्यटकहरुले फेवातालमा माछापुच्छेको छाया परेको दृष्य हेर्न, साराङकोटवाट टाढा टाढाका हिमालहरु हेर्न सकिन्छ । त्यसैगरी मुगुको रारातालमा अकाशमा उडेका चराहरुको दृष्य तालमा हेर्दै डुङगामा यात्रा गर्न पाईन्छ । यहि सिजनमा नेपालका पाहाडी क्षेत्रहरु घुम्नको लागि अत्यन्तै पर्यटनमैत्री हुन्छन् । गाउँ घरका वारीहरुमा मखमली, सयपत्री लगायत थुपै्र फुलहरु फुलेर देशै उज्यालो बनेको हुन्छ ।

बुद्धको जन्मभूमि लुम्बिनीमा दर्शन गर्न र हिन्दुहरुको आस्थाको मुख्यद्धार भनेर चिनिएको पशुपति नाथमा हिन्हुहरुले दर्शन गर्न समय अनुकुल हुने हुदा नेपालको पर्यटन क्षेत्र अथाहा सम्भावना भएको र आम्दानी समेत गर्दै आएको क्षेत्र हो ।
खोला, नदी खोल्साहरुमा कलकलाउदा सफा पानी बगेको हुन्छ । वन जंङगलहरुमा कालिज, तित्रा, हरिण, डाँफे, मुनाल बिभिन्न प्रजातिका पंछीहरु यहि देशमा रमाउदै कुदीरहेका हेर्दा आनान्दको महसुस हुन्छ ।
त्यसैगरी फागुन लागेपछि त नेपालका हरेक क्षेत्रमा लालुपाते, लाँली गुराँश,सुनाखरी,चिमल फुलेर देशै उज्यालो हुन थाल्छ । नेपालको राष्ट्रिय निकुञ्जहरुमा कतै नाउर, कतै गैडा, कतै सालक, कतै रेड पाण्डा पाईन्छ । जुन विश्वका दुर्लभ वन्य जन्तुहरु हुन् । यि यस्ता प्राकृतिक रुपमा आनान्द लिदै नेपाल घुम्न पाउने विश्वका मेहनती मानिसहरुले ११ महिनामा कमाएको पैशा केही खर्च गर्न घुम्ने योजना बनाएका हुन्छन् । त्यो उनिहरुको घुमेर खर्च गर्न चाहने पैशालाई नेपालको प्राकृतिक आनान्दा लिदै खर्च गर्नसक्ने आकर्षक पर्यतकीय कार्यक्रम नेपालले अगाडी सारेर विश्वकै उत्कृष्ट पर्यटकीय देश बनाउन सक्छौ ।
यसरी नेपालमा घुम्न आएका पर्यटकहरुको लागि नेपाल सरकारले भौतिक संरचनाको लागि आकर्षण कार्यक्रम, पर्यटकको लागि सुरक्षाको वातावरण मौलिक सस्कृतिको विकास–विस्तार जस्ता कार्यक्रम गरी विश्वका पर्यटन गर्ने मानिसहरुलाई नेपाल नघुमी म¥यो भने स्वर्ग पनि पुगिदैन भन्ने विश्वासको वातावरण बनाउन सक्यौ भने आर्थिक रुपमा नेपाल देश सम्पन्न बनाउन सक्छौ ।
विश्वका नेपाल घुम्ने पर्यटकहरुले स्वर्ग घुमेको अनुभूति गर्नेछन् । यो काम हाम्रो नेपालले गर्नुपर्ने देखिन्छ ।

फोटोहरु मोहन कार्की
फोटोहरु मोहन कार्की 
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend