logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जलविद्युतलाई प्रथामिकता दिऔं 


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८२

नेपालमा विकास गर्न सम्भावना बोकेको क्षेत्र जलविद्युत पनि एक हो । विशेष गरेर नेपाललाई कृषि–पर्यटन–जलविद्युत यि तिन क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर नेपालको विकास गर्ने आधार धेरै छन् ।



नेपालले अझै जलविद्युतमा लगानी बढाउनुपर्ने र छिटोभन्दा छिटो जलविद्युत निर्माण सम्पन्न गर्ने गरी काम गर्नुपर्ने छ । विश्वमा सवैभन्दा उर्जाको रुपमा रहेको विद्युत हो । त्यसमध्य सवैभन्दा सस्तो र दिर्धकालीन उर्जा भनेकै जलविद्युत हो । नेपालमा जलस्रोत भण्डार रहेको छ । जलस्रोतलाई जलविद्युतमा परिणत गर्न सकेको खण्डमा नेपालको विकास तिब्र गतिमा बढाउन सकिन्छ भनि बिभिन्न अध्ययनहरुले देखाईसकेका छन् ।

नेपालीहरु आज नेपालमा रोजगारी नपाएर विदेशमा काम गर्न लाखौको संख्यामा गएका छन् । तर जलविद्युत संसारकै सस्तो नेपालमा उपलब्ध गराउन सकेको खण्डमा संसारका सवैभन्दा ठुला उद्योगहरु नेपालमा स्थापना गर्न÷गराउन सकिन्छ ।

यस्तो वातावरण बनाउन सकेको खण्डमा नेपालका अहिले विदेशमा रोजगारको लागि गएका नेपालीलाई नेपालमा नै फर्काएर रोजगार दिदा पनि श्रमिक पुग्दैन । यस्तो हुने देश बनाउन सवैभन्दा पहिलो विद्युत सवैभन्दा सस्तो बनाउन सक्नुप¥यो । विद्युत सस्तो भएपछि नेपालका व्यवसयीलाई प्रथामिकता दिने र संसारका उद्योगीहरुलाई पनि आवहान गर्ने । सुरक्षाको ग्यारेण्टी गरिदिने त्यसो ग¥यौ भने संसारको सवैभन्दा विद्युत सस्तो भएपछि उद्योगीले सस्तोमा वस्तु उत्पादन गर्न पाउछन् । सस्तो वस्तु उत्पादन गर्न पाएपछि विश्व बजारमा नेपालमा उत्पादन गरेको वस्तुले प्रतिस्पर्धा गर्न सक्छ ।

विश्व बजारमा प्रतिस्पर्धा गरेर सवैलाई उछिन्न सक्ने वातावरण नेपाल सरकारको नीतिमा बनाएको खण्डमा लगानी उद्योगीले गर्छन् । उत्पादन उद्योगीले गर्छन् । ब्यापार टे«डिङ कम्पनीले गर्छन् । राष्ट्रले नीति, सुरक्षा, वातवरण मात्रै बनाउदा मात्र पुग्छ देशले मनग्य राजश्व प्राप्त र्गछ । अर्थतन्त्तमा बलियो भएपछि नेपाल विकसीत राष्ट्रको सूचीमा पुग्छ । त्यसैले नेपालमा जलविद्युत क्षेत्रलाई अझै प्रथामिकतामा राखेर काम गर्न सक्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend