logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्कुलमा कम्प्युटर विषय अनिवार्य गर्ने तयारी, ७ हजार शिक्षक थप्न अर्थसँग सहमति माग


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८२

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्न छलफल सुरु गरेको छ। जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय तहबाटै बालबालिकालाई सूचना तथा प्रविधिसँग जोड्ने उद्देश्यले माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेका थिए।



मन्त्री पुनको निर्णयपछि केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ संशोधन गरी कम्प्युटर विषय अनिवार्य गर्न छलफल अघि बढाएको जनाएको हो।
केन्द्रका महानिर्देशक युवराज पौडेलले माध्यमिक तहमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न अवधारणा पत्र तयार गरी छलफल अघि बढाएको बताए।

‘मन्त्रीज्यूको निर्देशनअनुसार केन्द्रले कम्प्युटर विषय कक्षा ९ र १० मा अनिवार्य गराउने र पाठ्यक्रममा कस्तो विषयवस्तु समावेश गर्नेबारे छलफल अघि बढाएको छ। विज्ञहरू सँग छलफल भइरहेको छ,’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend