logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फागुनमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा


  • जन आकाश
  • मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलाई स्वीकृति प्रदान गरेको छ।



युवा तथा खेलकुद मन्त्री बब्लु गप्ताले पेश गरेको फागुन १ गते ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगता आयोजनालाई मन्त्रिपरिषदबाट स्वीकृति दिएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदले ६३ करोड रूपैयाँ बजेट पनि स्वीकृति प्रदान गरेको छ। यसअघि ५४ करोड बजेट विनियोजन गरिएकोमा अहिले ९ करोड थप भएको हो।

यसअघि गत बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको १२३ औं राखेप बोर्ड बैठकले कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो।

सोहि निर्णयअनुसार मन्त्रीले सोमबार मन्त्रिपरिषदमा स्वीकृतिका लागि पेश गरेका थिए। दुंई दुई वर्षमा हुनु पर्ने राष्ट्रिय खेलकुद एक वर्ष पर धकेलिसकेको छ। गत वर्ष हुने खेलकुद राजनीतिक कारणले हुन सकेको थिए।

जेनजी आन्दोलनपछि मन्त्री बनेका गुप्ताले आफू मन्त्री बनेको चार महिनामै राष्ट्रिय खेलकुद गराउने तयारी गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend