जन आकाश
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारतका तीन वटा क्रिकेट टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने भएको छ। आगामी नोभेम्बर १३ देखि १९ सम्म नेपाल, उत्तराखण्ड, बङ्गाल र राजस्थानको महिला क्रिकेट टोलीले एक आपसमा कुल ६,६ वटा खेलहरू खेल्ने कार्यक्रम रहेको छ। खेलहरू भारतको देहरादूनस्थित आयुष क्रिकेट एकेडेमी हुनेछ।
भारत भ्रमणका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। जसमा कप्तान इन्दू बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना छेत्री, अलिसा यादव, ईश्वरी बिस्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend