logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जर्ज मन्सी र साम हिजलेट विराटनगर किङ्समा सामेल हुन नेपाल आइपुगे, एनपीएल सिजन २ का लागि तयारी सुरु


  • जन आकाश
  • शनिबार, कार्तिक २९ २०८२

काठमाडौं ( १४ नोभेम्बर, २०२५ ( नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ नजिकिँदै गर्दा विराटनगर किङ्सले दुई प्रमुख अन्तर्राष्ट्रिय खेलाडी, स्कटल्याण्डका आक्रामक ओपनर जर्ज मन्सी र अस्ट्रेलियाली ब्याटिङ स्टार साम हिजलेट, को नेपाल
आगमनको घोषणा गर्दै उनीहरूलाई टोलीमा स्वागत गरेको छ। दुवै खेलाडी आज काठमाडौं अवतरण गर्दै औपचारिक रूपमा टोलीसँग जोडिएका छन् र आगामी सिजनका लागि प्रशिक्षण तथा तयारीमा जुटिरहेका छन्।



स्कटल्याण्डका लागि टी–२० र एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण चर्चित मन्सी उच्च स्ट्राइक रेट, आक्रामक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय मञ्चमा देखाएको निरन्तरताका लागि प्रसिद्ध छन्। नेदरल्याण्डविरुद्धको उनका टी–२० शतक र विभिन्न
आईसीसी क्वालिफायरमा दिएको योगदानले उनलाई विश्वस्तरको प्रभावशाली टप–अर्डर ब्याट्सम्यानको रूपमा स्थापितगरेकाछन्। मन्सीको समावेशले विराटनगर किङ्सको ब्याटिङ लाइनअपमा बलियो शक्ति, तीव्रता र अनुभव थपिएको छ। त्यस्तै, अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग ९बीबीएल० मा ब्रिस्बेन हीट र होबार्ट हरिकेन्सका लागि खेलेर अनुभव आर्जन गरेका साम हिजलेट आकर्षक स्ट्रोकप्ले, बाँयाहाते सौन्दर्यपूर्ण टेक्निक र इनिङ्सलाई तीव्र गतिमा अघि बढाउने क्षमताका लागि
परिचित छन्। उनको आगमनले विराटनगर किङ्सको मध्य तथा शीर्ष क्रम दुवैलाई स्थिरता र आक्रमकता प्रदान गर्ने विश्वास लिइएको छ।

मन्सी र हिजलेट दुवैजना टोलीमा जोडिएसँगै मार्टिन गुप्टिल, फाफ डु प्लेसिसजस्ता अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरू र राष्ट्रिय स्तरका प्रतिभाहरू मिलेर विराटनगर किङ्सले यस सिजनमा उपाधि जित्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। अनुभवी विदेशी
खेलाडी र उदाउँदो नेपाली प्रतिभाको संयुक्त संयोजनले यस सिजनलाई विराटनगर किङ्सको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक अभियान बनाउने अपेक्षा गरिएको छ।

बिराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र कम्युनिटी तथा फ्यानहरूसँग गहिरो सम्पर्क स्थापित गर्दै कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend