logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतलाई दोस्रो इनिङग्समा ९३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिकाले जित्यो पहिलो टेस्ट


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । घरेलु टोली भारतलाई दोस्रो इनिङग्समा ९३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिकाले पहिलो टेस्टमा जित हासिल गरेको छ। टेस्टमा दक्षिण अफ्रिकाले भारतमा हात पारेको १५ वर्ष पछिको यो पहिलो जित हो।



कोलकतकामा तेस्रो दिनमै जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले भारतलाई ३० रनले पराजित गरेको छ। दक्षिण अफ्रिकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको भारतले आइतबार तेस्रो दिन दोसो इनिङग्समा ३५ ओभरमा सबै विकेट गुमाएको थियो। भारतका लागि वासिङटन सुन्दरले सबैभन्दा बढी ३१ रन बनाए।

बलिङमा दक्षिण अफ्रिकाका साइमन हरमरले ४ विकेट लिए भने मार्को जानसेन र केशव महाराजले २(२) विकेट लिए। कप्तान शुभमन गिल चोटका कारण ब्याटिङमा नआउदा भारतका लागि १० जनाले मात्र ब्याटिङ गरे। गिल शनिबार घाँटीको पछाडिको भागमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए।

त्यसअघि पहिलो इनिङग्समा भारत १५९ रन र दक्षिण अफ्रिका १८९ रनमा अलआउट भएका थिए। त्यसपछि दक्षिण अफ्रिकाले दोस्रो इनिङग्समा १५३ रन जोडेपछि भारतले १२४ रनको लक्ष्य पाएको थियो।

दुवै टोलीका दुवै इनिङग्समा एक मात्र अर्धशतक बनेको थियो। दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले दोस्रो इनिङग्समा ५५ रन बनाएका थिए। दुई टेस्टको सिरिजमा अब दोस्रो टेस्ट आगामी शनिबार गुहावटीमा सुरु हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend