logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजदेखि एनपीएल सुरु नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी खेल


  • जन आकाश
  • सोमबार, मंसिर १ २०८२

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी खेल, अनी खेल हेर्न दर्शकका लागि प्यारापिटको व्यवस्था । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ ।



क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे(नाइट) म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ ।

त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे(नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ ।

आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट क्यानलाई हस्तानतरण गरिएको छ । अब साविक विजेता जनकपुर बोल्ट्सले त्यही फ्लडलाइटमूनि सोमबार काठमान्डु गोर्खाजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend