जन आकाश
यतिवेला नेपालमा जेन्जी प्रदर्शनवाट जानेर या नजानेर सोचेर या नसोचेर पनि सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन भएसँगै वर्तमान सरकारले प्रतिनिधिसभा विगघटन गरेर सोही प्रतिनिधिसभा निर्वाचनको लागि यो सरकार बनेको हो । नेपाली समाजमा भनेको जस्तो प्रगति उन्नती भएन भनेर नै असन्तोष, असन्तुष्टी बढेर अक्रोशमा नेपाली नागरिकहरुले भलै अराजक गरेको भएपनि परिवर्तन चाहेकै हुन् ।
यतिवेला निर्वाचनमा जान रहर लागेका राजनीतिमा के के परिवर्तन गर्छु भनेर लाग्ने अनेक खालका मानिसहरु सामाजिक सञ्जालमा छाउन थालेको देखिन्छ । कतिपय अभियान्ताहरु, कतिपय स्वतन्त्र उम्मेद्धारहरु समेत राजनीतिक पार्टी खोल्ने अभियानमा छन् । सुनसरीको धरान उपमहानगर पालिकाका मेयर हर्क साङपाङ अध्यक्ष भई श्रम संस्कृति पार्टी खोलिसकेका छन् । अर्का पुर्व विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नेतृत्वमा अर्को पार्टी स्थापना गर्न लागेको समाचारहरु आउन थालेको छ । काठमाडौ माहानगर पालिकाका मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा अर्को पार्टी दर्ता गर्न लागेको भन्ने हल्लाहरु बजारमा आउन थालेको छ । रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते नै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भईसकेको छ । यि नेपाली नागरिकहरुले कुनैवेला अभियान्त भनेर चिनिएका पात्राहरु हुन् । पुराना राजनीनिक पार्टीहरुले चलाउने तरिकाले देशको विकास भएन जनताले सुख पाएनन् भनेर नै जनताले बैकल्पिक पार्टीहरुको खोजी गरिरहेका वेला माथि नाम भएका व्याक्तित्वहरुप्रति आम नागरिकले आशा गरेका हुन् । त्यसमध्य रवि लामिछाने दुईपटक गृहमन्त्री भईसकेर हाल ठगी मुद्दाको आरोपमा जेलमा छन् । अर्का कुलमान तीनवटा मन्त्रालयको मन्त्री छन् । स्वतन्त्रवाट निर्वाचित भएका अर्का धनगढी उप–महानगरपालिकाका मेयर गोपी हमाल भने शान्त देखिन्छन् । कतै पार्टी खोल्ने विषयमा उनको कुरा सुनिएको छैन ।
देशमा नेपालीहरुले ७ पटक संविधान फेरिसकेका छन् । बिभिन्न क्रान्तिका नाममा जनधनको क्षति व्याहोरि सकेका छन् । तर पनि नेपालीका छोराछोरी विदेशी भुमिमा काम गर्न नगई जीविको पार्जन गर्न सकेका छैनन् । यस्तो हुनुमा के समस्या आएको हो । जनतामा कुन ऐन, कानून, प्रणालीले समस्या पारेको हो त्यो विषय छनौट गरेर देशको खाका बनाई छिटो छरितो ढंगवाट देशको विकासमा कचुली फेर्ने उपाय र जनताहरु सवै काममा लाग्ने वातावरण बनाउन परिवर्तकारी शक्निहरु एक ठाउँमा गोलबद्ध भई लाग्नुपर्ने बेला पार्टी खोल्नपर्टी प्रतिस्पर्धा गरेको देख्दा नहास्ने मानिसहरु पनि यस्ता झुण्ड झुण्ड बनेर परिवर्तनको कुरा गर्नेहरु देखेर हास्न थालेका छन् । सायद उनिहरुले यस्ता नयाँ पार्टी खोल्ने समुहहरु देखेर हासेका होलान् ।
त्यसकारण देशको विकास, जनताको उन्नति जवसम्म परिवर्तनकारी अर्थात असल साशनका लागि अग्रसर हुनेहरु एकठाउमा आएर शक्तिको रुपमा विकास हुदैनन् । तवसम्म राजनीतिक पार्टी खोल्ने प्रतिस्पर्धाले देशको विकास हुदैन । यस्तो पार्टी खोल्ने प्रतिस्पर्धा छोडेर देशको विकासको खाका कोर्ने अभियानमा सवै लाग्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend