जन आकाश
काठमाडौं । छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा,लिद्वारा आयोजित जिनियस म्युजिक अवार्ड-२०८१_ एण्ड जिनियस अचिभमेन्ट अवार्ड-२०२५_ तथा जिनियस लोक नृत्य प्रतियोगिता-२०८२_ भव्य काठमाडौंमा एक विशेष कार्यक्रमबीच सम्पन्न भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको समारोहमा कार्यक्रममा अग्रज गायिका मीरा राणालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियोे भने पत्रकार सम्मानअन्तर्गत रामजी बगाले, अक्कल कुँवर, तुलसी गिरी, चन्द्रमणि गौतम र सुरेन कुँवरलाई सम्मान गरिएको थियो ।
जिनियस अचिभमेन्ट अवार्ड-२०२५_ का रूपमा समाजसेवी तथा अभियन्ता राममणि न्यौपाने, युवा व्यवसायी लोकनाथ भट्ट र वरिष्ठ गीतकार डा.कृष्णहरि बराललाई सम्मान गरिएको थियो ।
जिनियस अचिभमेन्ट सम्मान-२०२५ मार्फत देवेन्द्र शाही (समाजसेवी/व्यवसायी), वसन्त घिमिरे -कीर्तिमानी धावक_, प्रदीप अर्याल -व्यवसायी, रोशनकुमार श्रेष्ठ -समाजसेवी/व्यवसायी, रुद्रबहादुर नेपाल -समाजसेवी/व्यवसायी, जुनु घिमिरे, प्रकाशकुमार श्रेष्ठ -समाजसेवी/व्यवसायी, जयराम तिमील्सिना साहित्यकार, दीपा श्रेष्ठ -समाजसेवी/व्यवसायी_लगायत व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी स्रष्टा सम्मान र विशेष सम्मान अन्तर्गत सोनाम पाख्रिन निर्देशक, शोभा त्रिपाठी -गायिका, प्रोसेस पाण्डे -प्रतिभा सम्मान, अश्विनी कान्त झा -इभेन्ट डाइरेक्टर, दिपिका बलामी प्रतिभा सम्मान, सन्दीप भुजेल -नृत्य निर्देशक, टेकराज पाण्डे र अप्सना नेवा हायु -शृंगार, जितेन तामाङ -संगीतकार/समाजसेवी, ईश्वर गुरुङ -संगीत व्यवसायी, जितेन्द्र महर्जन, सुरज पौडेल -गायक, विजेता परियार -नव कलाकार_ लगायतका व्यक्तिहरू सम्मानित हुनुभएको थियो । समारोहमा सारिका घिमिरे, चेतन राई, विनोद ढकाललगायतको गायन प्रस्तुति र विभिन्न विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको समुहिक लोक नृत्यले दर्शकलाई मन्त्रमुग्ध गरेको थियो ।
जिनियस म्युजिक अवार्ड-२०८१ का निर्णायक मण्डलमा वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, गीतकार तथा साहित्यकार पुरु लम्साल, संगीतकार गैरे सुरेश, संगीतकार दीपक शर्मा, गायक रमेश पाठक, निर्देशक माधव खरेल, कोरियोग्राफर केशव कोइराला, गायिका मञ्जु लावती, संगीतकार बिनोद पछ्याई र गीतकार गोबिन्द भट्ट रहनुभएको थियो । त्यस्तै जिनियस लोक नृत्य प्रतियोगिता-२०८२_ का निर्णायकमा वरिष्ठ नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक जोगेन्द्र केसी र आर.सी.कोइराला रहनुभएको थियो ।
जिनियस म्युजिक अवार्ड-२०८१ अन्तर्गत विभिन्न विधाका स्रष्टा सर्जकलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीततर्फ ‘बुद्धको देश नेपाल’- खेमनाथ दाहाल, चलचित्र श्रेणीमा सर्वोत्कृष्ट गीत ‘यो मन त मेरो नेपाली हो’, सर्वोत्कृष्ट गीतकार -चलचित्र श्रवण मुकारुङ, सर्वोत्कृष्ट संगीतकार -चलचित्र अर्जुन पोखरेल, सर्वोत्कृष्ट गायिका (चलचित्र) इन्द्रकला राई, सर्वोत्कृष्ट गीतकार -आधुनिक रोशनी तारा बज्राचार्य, सर्वोत्कृष्ट गीतकार -डायस्पोरा दीपेन्द्र खड्का, सर्वोत्कृष्ट संगीतकार -लोक/पप_ प्रमोद पन्त, सर्वोत्कृष्ट संगीतकार -आधुनिक जीवन शर्मा, सर्वोत्कृष्ट गायक -आधुनिक महेश शिल्पाकार, सर्वोत्कृष्ट संगीत संयोजन रिकेश गुरुङ किज, सर्वोत्कृष्ट ध्वनि मिश्रण साजन शाह, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक -पप/आधुनिक, देवेन्द्र पाण्डे, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक -आधुनिक सन्तोष लामा, सर्वोत्कृष्ट महिला मोडल -पप/आधुनिक,बिना राउत, सर्वोत्कृष्ट पुरुष मोडल -पप/आधुनिक रमेश विश्वकर्मालाई अवार्ड प्रदान गरिएको थियो ।
यस्तै सर्वोत्कृष्ट संगीतकार -पप/आधुनिक योगेश काजी शाह, सर्वोत्कृष्ट गायक राज सिग्देल, सर्वोत्कृष्ट गायिका रचना रिमाल, सर्वोत्कृष्ट गायक -लोक पप शिव कैलाश, सर्वोत्कृष्ट गायिका -लोक सरिता भारती, सर्वोत्कृष्ट नवमोडल -पप मुकेश गुरुङ, सर्वोत्कृष्ट पुरुष मोडल दुर्गेश थापा, सर्वोत्कृष्ट महिला मोडल प्रियंका कार्की, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकन हरि हुमागाई, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन पवन सुस्लिङ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक माधव शर्मा, सर्वोत्कृष्ट लय संकलक -लोक/दोहोरी वसन्त थापा, सर्वोत्कृष्ट गायक -लोक/दोहोरी_ अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका -लोक,दोहोरी पूर्णकला बीसी, सर्वोत्कृष्ट नवगायक -लोक,दोहोरी श्रीराम पौडेल, सर्वोत्कृष्ट नव गायिका -लोक,दोहोरी रिया खत्री, सर्वोत्कृष्ट गायक पप सिडी विजय अधिकारी, सर्वोत्कृष्ट गायिका -पप ममता गुरुङ, सर्वोत्कृष्ट महिला मोडल -लोक/दोहोरी_ अस्मिता रनपाल, सर्वोत्कृष्ट म्युजिक भिडियो नृत्य निर्देशक सन्तोष राजवाहक, सर्वोत्कृष्ट गायक -नेवारी गीत_ ईश्वर मागिया, सर्वोत्कृष्ट तीज गीत ‘ढल्काएर छड्के तिलहरी’, सर्वोत्कृष्ट नवगायक -लोक,दोहोरी -जुरी सञ्जय देवकोटा, सर्वोत्कृष्ट गायिका -तीज गीत मञ्जु थापा, पब्लिक च्वाइस अवार्ड ‘दुश्मन हेरेको हेरै’ का लागि दुर्गेश थापा, पब्लिक फेस अवार्ड उमर खान, सर्वोत्कृष्ट गायक -तामाङ सेलो हवल लामा, सर्वोत्कृष्ट नवमोडल -पप,आधुनिक ध्रुव जिसी, सर्वोत्कृष्ट नवगायिका -पप,आधुनिक स्मिता बोहोरा र पब्लिक च्वाइस अवार्ड -जुरी ‘गुन भुल्यौ’-सारिका घिमिरेले प्राप्त गर्नुभयोे ।
त्यसैगरी जिनियस लोक नृत्य प्रतियोगिताअन्तर्गत विभिन्न विद्यालयका समूहले आकर्षक प्रस्तुति दिएका थिए । प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो, तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इंग्लिस स्कुल तेस्रो र टाइमलाइन स्कुल चौथो स्थानमा रहेका थिए । कार्यक्रमको सञ्चालन गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो ।
विविध सांस्कृतिक लोक नृत्यका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ रंगीन र मनोरञ्जनपूर्ण बनाएको थियो । कार्यक्रममा उपस्थित कलाकार, विद्यार्थी, अभिभावक र दर्शकहरूले जिनियस म्युजिक अवार्डलाई नेपाली संगीत, नृत्य र प्रतिभा प्रदर्शनको उत्कृष्ट मञ्चका रूपमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा संगीत, नृत्य र सम्मानको समिश्रणले नेपाली सांगीतिक क्षेत्रको विविधता, सिर्जनशीलता र मौलिक पहिचानलाई उजागर गरेको आयोजकले जनाएको छ ।
जिनियस म्युजिक अवार्ड नेपाली कला, संस्कृति र मौलिक संगीतको संरक्षण, प्रवद्र्धन र प्रोत्साहनका लागि निरन्तर आयोजित हुँदै आएको प्रतिष्ठित मञ्च हो ।
आयोजक संस्थाका अध्यक्ष रमेश पाठकले आगामी वर्षहरूमा अझ व्यापक रूपमा अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाकार र सिर्जनाको पहिचान स्थापित गर्ने लक्ष्य राखेको बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend