जन आकाश
काठमाडौं– प्रोमकथामा आधारित ‘किन लाग्छ माया’को पोस्टर सार्वजनिक भएको छ ।
शुक्रबार निर्माण पक्षले फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत ६ गतेबाट प्रदर्शनमा मिति तय भएको हो ।
पोस्टरमार्फत फिल्मको कथावस्तु र पात्रहरूको अवस्थालाई झल्काउने प्रयास गरिएको छ । फिल्ममा दुई जोडीको प्रेम सम्बन्धलाई केन्द्रविन्दुमा राखेर कथा बुनिएको फिल्ममा प्रेम सम्बन्धमा आउने उतारचढावमा फिल्म केन्द्रित रहेको संकेत पोस्टरले दिएको छ ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सञ्जित र जाहन्वी रोमान्टिक देखिएका छन् भने सेडो र ऋचाको अनुहारमा पीडाको भाव देखिन्छ ।
धिरेन शाक्य, पवित्रा साकी मिस पबी, हिउबाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, रविन्द्र खड्का, सुनील कटुवाल, रामकाजी घिमिरे लगायतको अभिनय रहेको यो फिल्ममा कुवेर तामाङको निर्देशन तथा सञ्जित भण्डारी र मोनु खड्काले निर्माणमा गरेका छन् ।
फिल्मको कथा सेडो रियलको अवधारणामा आधारित छ भने पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका हुन् । यसमा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवार र राजेन्द्र बजगाँईको संगीत तथा टेकेन्द्र शाहको सम्पादन छ । फिल्मले दाजु–भाइबीचको मित्रता र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई देखाउने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend