logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

(Un)Seen प्रदर्शनीसँगै आर्टुडियो पाटन विंगको शुभारम्भ


  • जन आकाश
  • आइतबार, मंसिर ७ २०८२

काठमाडौं । आर्टुडियोले (Un)Seen) नामक पप-अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ।



२१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्। आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्शाएको छ।

आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप (Un)Seen को जन्म भएको हो। यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन्। प्रत्येक कलाकृतिले सहभागी कलाकारहरूको व्यक्तिगत संसारको झल्को दिन्छ जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोणहरू रेखा, स्पर्श, रंग, अमूर्त आकार, लय र दृश्य संरचनाहरू मार्फत प्रस्तुत भएका छन्।

(Un)Seen शीर्षकले कला, सिर्जना र भावनाहरू बुझ्ने क्षमतालाई इंगित गर्छ, जुन प्रायः परम्परागत कला वा सामाजिक संरचनाहरूभित्र छुटिरहेको हुन्छ प्रदर्शनीले दर्शकहरूलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न र भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मक रूपले जोडिन आग्रह गर्दछ।

“(Un)Seenअटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारहरूको प्रदर्शनी हो,” क्युरेटर कैलाश के। श्रेष्ठ भन्छन्। “उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन्।”

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend