logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०८२

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिला ब्याटिङ गर्न लागेको हो।



विराटनगरले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। जनकपुरले भने २ खेलाडी परिवर्तन गरेको छ। जनकपुरले विकास अग्रीको स्थानमा आदित्य महतो र लाहिरु समरकोनको स्थानमा संगीत कोरे सुरुवाती ११ मा आएका छन्।

विराटनगरको टोली सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सुर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टील, मर्चेन्ट डि लाङगे।

जनकपुर बोल्ट्सको टोली अनिलकुमार शाह, आशिफ शेख, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, लाहिरु मिलान्था, जान निकोल लफ्टी–इटोन,संजय कृष्णमुति, संगीत कोरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend