जन आकाश
विषम परिस्थितिमा ख्यालठट्टा नगरौं
नेपाल यतिवेला निक्कै गम्भिर अवस्थामा गुज्रीरहेको छ । राजनीतिक पार्टीहरुको फरम्याट नै बिग्रेको छ । देशको महत्वपूर्ण अंगहरुनै निरासामा परिणत भएको छ । २०८२ भदौ २३ र २४ गते अकल्पनिय ढंगवाट घटेको घटनापछि नेपालको अर्थतन्त्रमा नकरात्मक असर परेको छ । त्यस घटनामा मारिएका जेन्जीपुस्ताका आन्दोलनकारी, सुरक्षामा खटिएका प्रहरी, सुपरमार्केटतिर सामान चोर्न छिरेका चोरहरु सवै गरेर झण्डै १०० को हाराहारीमा मानिसको ज्यान गएको छ । ति ज्यान गुमाएका परिवारहरुमा पर्ने पीडा त छदैछ ।
त्यस्तै अर्को राज्यको अर्बौको क्षति व्याक्तिगत रुपमा राजनीतिक पार्टी, प्रहरी प्रसाशनका उच्च ओहोदाका पदाधिकारीहरुको घरमा आगजनी हुदा भएको भौतिक क्षति, भाटभटेनी लगायत अन्य नीति कम्पलेक्सहरुमा आगजनीले भौतिक क्षति र त्यसमा हुने आर्थिक चलायनमान, रोजगार लगायतका समस्या निम्त्याएको छ । यतिवेला हजारौले रोजगार गुमाएको अवस्था छ । खरोर्बौ रुपैयाको असर परेको छ भने लगानीको लागि विश्वासको वातावरण बिग्रेको अवस्था छ ।
यस्तो विषम परिस्थितिमा सवै नेपालीहरु मिलेर विगतमा गरेका कमीकमजारीहरुलाई अफैले स्वयमले त्यागरेर देशको युग परिवर्तन भयो नेपाललाई पुरानो तरिकावाट होइन रहेछ । नयाँ तरिकावाट पुराना कानून, नियम, ऐन युग सुहाउदो नभएकै रहेछ भन्ने आत्म ग्लानीका साथ देश विकासको लागि उत्साह भर्ने कामहरु जिम्मेवार पार्टीका नेताहरु बसेर समिक्षा गर्नुपर्ने वेला हो ।
त्यसैगरी परिवर्तनको लागि आट गरेका नयाँ पुस्ता अर्थात हाम्रा भाईबहिनी पुस्ताहरुले सधै आक्रोस मात्र पाल्ने होइन । भदौ २३ गतेको घटनालाई बारम्बार उठाएर त्यसैलाई आधार बनाएर उत्तेजित, उदण्ड मात्र मच्चाएर बस्नु हुदैन । विगतमा सत्तामा बसेकाहरुले अमन चयन सुव्यवस्था गर्न सकेनन् भनेर पोखिएको आक्रोसकै कारण संविधान समेत मिचेर जेन्जीको आन्दोलनको वलमा बनेको सरकार यतिवेलाको हो । यहिवेलामा जेन्जी पुस्ता बढी जिम्मेवार हुनुपर्छ ।
किनकी जेन्जीले बनाएको सरकार सफल भयो भने मात्र जेन्जीको २३ गतेको सफा सुव्यवस्था र स्वतन्त्रताको जेन्जीको साथीहरुले बगाएको रगतमा कमलको फुल फुल्न सक्छ । देशमा सुसाशन कायम गर्न सकिन्छ । अहिले जसरी सडकमा जसरी तोडफोड, अराजकता, आगजनी जस्ता कार्य भईरहेको छ । त्यसवाट देशको विकास हुन सक्दैन । देश विकास गर्न नीति, विधि, विधान र काम गरेर लक्ष्य प्राप्ति गर्न सक्नुपर्छ तवमात्र देशको विकास हुन्छ ।
त्यसैले कसैले पनि देशलाई अप्ठ्यारो परेको वेलामा द्धान्द्ध मच्चाउने काम कसैले काहीवाट गर्नुहुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend