logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एनपिएलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै


  • जन आकाश
  • मंगलबार, मंसिर ९ २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।



करण केसीको कप्तानीमा रहेको काठमान्डुले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमान्डु दुई अङ्कसहित तेस्रो स्थानमा छ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ। टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend