जन आकाश
काठमाडौं । ओप्सना फिल्मस् प्रालिले आयोजना गरेको दोस्रो राष्ट्रिय ओप्सना फिल्मस् एवं म्युजिक अवार्ड २०८२ को अबसरमा पुर्बेली गीत (पुर्बेली नानी) बोलको म्युजिक भिडियो बर्ष सर्वोत्कृष्ट मोडल अवार्डबाट सर्जक,कलाकार तथा मोडल बिजेन्द्र नौबागे सम्मानित भएका छन्
ओम प्रकाश राईको सभापतित्वमा, विशिष्ट चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्य र चलचित्र बिकास बोर्डको पूर्व अध्यक्ष राजकुमार राईको बिशेष आथित्यमा चलचित्र बिकास बोर्डमा “ दोस्रो राष्ट्रिय ओप्सना फिल्मस् एवं म्युजिक अवार्ड २०८२” सम्पन्न भएको हो ।
अवार्ड प्राप्त गरेका सर्जक,कलाकार तथा मोडल बिजेन्द्र नौबागले संचारकर्मीहरु संग कुराकानि गर्दै यो अवार्डको लागि आफुलाई योग्य मान्नुहुने आम दर्शक तथा जुरी मेम्बरहरु र आयोजक संस्था प्रति आभार व्यक्त गरेका थिए ।
यो गीतको शव्द देखि भिडियो बनाउने कार्य सम्म सपोर्ट गर्ने सम्पुर्ण टिमलाई सम्झदै यो अवार्डको श्रेय सम्पुर्ण टिमलाई जाने बताए । यस्ता अवार्डहरु सरकारी तहबाट हुनु पर्नेमा निजि र व्यवसायीक संस्थाहरुले गर्नु पर्ने अवस्था आउनुमा राज्यले आम कलाकार तथा सर्जकहरुलाई हेर्ने दृष्टिकोण प्रष्टभएको समेत बताए । यस्ता अवार्डहरुले सांगीतिक क्षेत्रमा लाग्न अझ प्रेरणा मिल्ने उनले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend