जन आकाश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच भिडन्त हुँदैछ। प्रतियोगितामा तीन खेल खेलेको विराटनगर अपराजित छ।
पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।
दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।
तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।
शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनालाई कायम राख्न चितवनका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ। टोलीमा कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब समावेश छन्।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन्। यस टोलीमा रहेका खेलाडीहरूमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend