logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेश हुने


  • जन आकाश
  • बुधबार, मंसिर १० २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दैछ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्नेछ ।



आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेश हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए । त्यसपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

तर आजको सभामा नीति तथा कार्यक्रम पेश हुने त्रिवि उपकुलपति दीपक अर्यालले बताए । ‘आज नीति तथा कार्यक्रम सभामा पेश हुन्छ’, उपकुलपति अर्यालले भने । सभा ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री भएपछि कार्कीले पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend