logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्याकार ट्रेडिङ्गद्वारा ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक


  • जन आकाश
  • बिहिबार, मंसिर ११ २०८२

काठमाडौँ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रुपमा सुरु गरेको छ ।



यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ। गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट, र पानोरामिक सनरुफ समावेश छन् । साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ। यसमा १० थान एयर व्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ। यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ, जसले गर्दा कच्चि बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ ।

यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले , चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन् । सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ। यसमा अडास लेभल २ (ADAs\ Level 2) जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ। यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ ।

कम्पनीका अनुसार, ग्राहकहरूका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैँ प्रतिबद्ध छ। ‘होन्डा अल न्यु सीआर–भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेछ भन्नेमा कम्पनी पूर्णरुपमा विश्वस्त छ। यो गाडीले नेपाली ग्राहकहरूको यात्राको अनुभवलाई अझै विशेष बनाउनेछ ।”

कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर–भी’ चार आकर्षक रङहरू— कालो (ब्ल्याक) , सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुनेछन्। यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहने ग्राहक महानुभावहरूले ललितपुरको धोबिघाट स्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend