logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै


  • जन आकाश
  • बुधबार, मंसिर १७ २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ।



दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्।विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ।

ऊ ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ।लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। उसका लागि आजको खेल जित्नुपर्ने दबाब छ।

विराटनगरमा आबद्ध भएका दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सोमबार नेपाल आइसकेका छन्। उनले बुधबार लुम्बिनी लायन्स विरूद्धको खेल खेल्न सक्नेछन्।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन्। यस टोलीमा रहेका खेलाडीहरूमा सन्दीप लामिछाने ९कप्तान०, बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, काठमाडौं नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर) शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्। लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन्।

यस टोलीमा रोहित पौडेल(कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ ९विकेटकिपर०, विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend