जन आकाश
काठमाडौं । अदानचुली गाउँपालिका‐१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार चयन भएका छन् ।
व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना आकांक्षी थिए । पूर्वमन्त्री परियारले समेत अध्यक्षमा आकांक्षा राखेपछि अरु पछि हटेका हुन् । जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले व्यवस्थापन समितिको अध्यक्षमा मन्त्री परियारले आफू अध्यक्ष बन्ने इच्छा राखेपछि सर्वसम्मत चयन भएको जानकारी दिए ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेका परियारले प्रधानाध्यापक थापालाई टेलिफोन गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन चाहेको बताएका थिए ।तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend