जन आकाश
लेखक सायरी, रबि बि.क. गोर्खा
कस्तो होला
कस्तो होला एकपटक, तिमी फेरि फर्कदा
कस्तो होला एकपटक, हामी फेरि भेट्दा ।
सायद अब तिम्रो मन, बद्लिएको होला
मैले म उहीँ हु भन्दा पनि, बिशवास नलाग्ला
नजानु जानू गैहाल्यौ, गल्ती कस्को बुज्ने
भयो छाड्देउ अब, बुझ्ने प्रयास नै नगर्ने ।
अहिलेको तिमी, तिमी नभइ
पहिलेको उहीँ तिमी भइ, भेट्दा कस्तो होला
फेरि एकपटक सम्बन्धमा, बाधिना पाए कस्तो होला ।
कस्तो होला एकपटक, तिमी फेरि फर्कदा
कस्तो होला एकपटक, हामी फेरि भेट्दा
नजानु जानू गैहाल्यौ, गल्ती कस्को बुज्ने
भयो छाड्देउ अब, बुझ्ने प्रयास नै नगर्ने
पहिलेको उहीँ तिमी भइ, भेट्दा कस्तो होला
फेरि एकपटक सम्बन्धमा, बाधिना पाए कस्तो होला ।
पाखा पखेरा संगको गहिरो सम्बन्ध
पाखा पखेरा संगको गहिरो सम्बन्ध
आज म हुला, भोलि नहुन पनि सकुला
सोध्लान तिमिलाई, ती पाखा पखेराले
गुजिन्थे ती पाखा, तिम्रो नामले
सोध्लान अब तिमिलाई, ती पाखा पखेराले
जो आउथ्यो सधैं, एउटै चिच्याउट्ले कराउथ्यो
कहाँ गएछ त्यो मान्छे, सधैं तिम्रो नामले बोलाउथ्यो ।
कहाँ छन होला त्यो आवाज, जस्ले रसाउथ्यो पहरा
पखेरामा लडिबुडी छ्ङ्छङ गर्ने, शुन्य लाग्न थल्यो छ्हरा
नआउनु अब तिमी यहाँ, पाखा पखेरा पनि रुन्छ
हराभरा लाग्ने पाखा, त्यो चिच्याउट बिना उजाड लाग्छ ।
आज म हुला, भोलि नहुन पनि सकुला
सोध्लान तिमिलाई, ती पाखा पखेराले
जो आउथ्यो सधैं, एउटै चिच्याउट्ले कराउथ्यो
कहाँ गएछ त्यो मान्छे, सधैं तिम्रो नामले बोलाउथ्यो
नआउनु अब तिमी यहाँ, पाखा पखेरा पनि रुन्छ
हराभरा लाग्ने पाखा, त्यो चिच्याउट बिना उजाड लाग्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend