logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक तिलक बस्नेतको नयाँ गीत “ए मेरो जुनमाया” सार्वजनिक


  • जन आकाश
  • बुधबार, पुष २ २०८२

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत गायक तिलक बस्नेतको नयाँ गीत “ए मेरो जुनमाया” आज सार्वजनिक भएको छ । उक्त गीतले छोटो समयमा ६ करोड भन्दा बढी दर्शकको माया पाएको छ ।



सामाजिक अभियानमा समेत सक्रिय गायक बस्नेतले आफ्नो करियरमा सयौं गीतहरु सार्वजनिक गरिसकेका छन्। उनका गीतहरू माया र प्रेमका मात्र नभएर राष्ट्रिय भावनाले भरिएका पनि छन्। यस्तै, गायक बस्नेतका गीतमा नेपालका उच्च तहका राजनीतिक व्यक्तित्वहरूले समेत अभिनय गरेका छन्, जसले उनको गीतलाई थप प्रभावशाली बनाएको छ।

आज “तिलक बस्नेत अफिसियल युट्युब” च्यानलमार्फत सार्वजनिक भएको “ए मेरो जुनमाया” गीतले छोटो समयमै दर्शको माया पाउन् सफल भएको छ। यो गीतलाई टीकटक प्रयोगकर्ताहरूले आफ्ना भिडियोहरूमा समावेश गर्न थालेका छन्। यस गीतको रचना र संगीत गायक तिलक बस्नेतको रहेको छ, भने गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्।

यस गीतको रेकर्डिङ वेभ स्टुडियोमा भएको हो, र रेकर्डिङको जिम्मा बिनोद महतराले सम्हालेका थिए। गीतको भिडियोमा अभिनय गर्ने कलाकारहरूको सूची पनि आकर्षक छ। सनम विश्वकर्मा, लक्ष्मी क्षेत्री, माया विश्वकर्मा, राम बहादुर विश्वकर्मा र मानकुमारी विश्वकर्माले मुख्य भूमिका निभाएका छन्, जबकि बालकलाकार श्रीयांसी लामिछाने पनि भिडियोमा देखिएकिछिन् ।

नृत्य निर्देशन र भिडियो निर्देशनको जिम्मा मुकेश नेपालीले सम्हालेका छन्। सिनेमाटोग्राफर रेशम दर्लामी र सम्पादन तथा कलरिङमा अमृत चापागाईले गरेका छन्। मेकअप डिजाइन बिनिता गरुङले गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend