logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, प्रचण्डले गरे पार्टीमा स्वागत


  • जन आकाश
  • शुक्रबार, पुष ११ २०८२

काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।



बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए । डा.परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताए । उनले अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend