जन आकाश
काठमाडौं । ‘प्रतिवैरम’ फिल्मको टिजर सार्वजनिक भएको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले दाइजो प्रथादेखि अवैध धन्दासम्मको कथाबारे प्रकाश पारेको छ ।
उक्त फिल्मको प्रदर्शन मिति नै निश्चित नहुँदै प्रचारको महत्त्वपूर्ण अस्त्र मानिने टिजर सार्वजनिक गरिएको हो ।
रोशन दासको निर्देशनमा बनेको यस फिल्ममा सम्राट दास, सुप्रज्ञा शर्मा, विरेन्द्र कुशवाहा, अलिशा बस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायतको अभिनय रहेको छ ।
सम्राटले यही फिल्मबाट डेब्यु गरेका हुन् । टिजरमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ ।रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा निर्देशक दास स्वयंको कथा छ भने युवराज भट्टराईले पटकथा तथा संवाद लेखेका हुन् । कृष्ण बर्देवाको छायांकन रहेको फिल्मलाई कवीर वोडले सम्पादन गरेका छन् । यो फिल्मलाई नेपालीसहित हिन्दी, मैथिली र भोजपुरी भाषामा पनि निर्माण गरिएको छ ।
निर्देशक दासले मधेसको वास्तविक कथा, सौन्दर्य र त्यहाँको सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताएका छन् । फिल्मले दर्शकलाई सन्देशसहित मनोरञ्जन पनि दिने उनको विश्वास छ । उनका अनुसार फिल्मलाई २०८३ सालको जेठ महिनामा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend