जन आकाश
काठमाडौं । गायक तथा सर्जक चेतन राईको स्वर, संगीत रहेको “मेरो देश नेपाल” बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत (चेतन राई) अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक गर्ने कार्यक्रम काठमाडौंको पुतली सड्क (ग्रिन फुडल्यान्ड रेस्टुरेन्ट) मा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपसचिव तथा भाषा आयोगकी माननीय सदस्य साहित्यकार उषा हमालको उपस्थिति रहेको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा सर्जक रमेश पाठक र राप्ती समाज काठमाडौंका अध्यक्ष गायक तथा संगीतकार गोविन्द मधुर आचार्य सहभागी थिए।
कार्यक्रममा निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल, मिलाप मासिक पत्रिकाकी कार्यकारी सम्पादक तथा सञ्चारकर्मी गीता अधिकारीलगायत अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तिममा प्रमुख अतिथिको हातबाट उपस्थित सबैलाई मायाको चिनो दिएको थियो ।

गीतमा नेपालको माटो, संस्कृति, भाषा र राष्ट्रिय एकताको भावना प्रस्तुत गरिएको छ। देशप्रेम झल्किने गीतको शब्द राजाराम पौडेलले रचना गरेका हुन्। गीतको सिनेमाटोग्राफी सविन तिमल्सिनाले गरेका छन् भने सम्पादन तथा रङ संयोजन राज धामीले गरेका हुन्। गीतको निर्देशन स्वयं चेतन राईले गरेका छन्। त्यसैगरी एरेञ्ज साबिर कार्की, मिक्सिङ मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।
गीतको भिडियोमा चेतन राई, प्रविण पुरी, सागर बेसल, अनिता पराजुली, समीक्षा पौडेल, रीता अछामी, सुमी लामा तथा बाल कलाकार चिरायु विक्रम राईको अभिनय देख्न सकिन्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend