logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनले देश विकासको आधार तयार गरोस् 


  • जन आकाश
  • शुक्रबार, पुष २५ २०८२

आउदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुदैछ । नेपालमा कार्यपालिकाको संवैधानिक व्यवस्था निर्माण गर्ने अंगको रुपमा रहेको प्रतिनिधिसभा हो । यस प्रतिनिधिसभाको निर्वाचन २०७२ सालको संविधान निर्माण भएपछि दुईपटक निर्वाचन भएको थियो । त्योभन्दा अगाडी संसदको रुपमा रहेको थियो । २०७९ सालमा निर्वाचन सम्पन्न भएर पाँच वर्षको लागि चुनिएका प्रतिनिधिहरुको झण्र्डै दुईवर्ष बाँकी छदै त्यतिवेलको सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल नेपालमा पनि दर्ता गरेर चलाउनुपर्ने बाध्यकारी नियम लागुगर्न खोजेपछि युवा पुस्ता अर्थात जेन्जी समूहले आन्दोलन गरे उक्त आन्दोलन भड्किएर रक्तपातमा परिणत भएपछि आक्रोशित भीडले सरकार नै अपदस्त गरेको थियो ।



त्यो अन्यौलता पछि बनेको सरकारले ६ महिनाभित्र निर्वाचन गराएर देशलाई निकास दिन नेपाली सेनाको रोहबरमा सम्झौता गराएको थियो र पूर्व प्रधानन्यायधिस सुशिला कार्कीको नेतृत्वमा सरकार वनेको थियो । अहिले निर्वाचनको लागि मिति समेत तोकेर निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले पार्टी दर्ता अध्यवद्यिक गरेर भाग लिन सवै खालका कामहरु गरिरहेका छन् । अर्कोतिर राजनीतिक पार्टीहरुले आफ्नो पार्टीलाई जिताउन र सवैभन्दा ठूलो पार्टी वा दुईतिहाई ल्याएर सरकारमा जान रणनीतिहरु बनाईरहेका छन् । यता निर्वाचन आयोगले निर्वाचनका लागि तयारी थालिसकेको निर्वाचन कार्यलयले बिज्ञप्तिहरु प्रकाशन गर्दै आएको छ ।

यि माथिका आधारहरुलाई मान्दा फागुन २१ गते निर्वाचन हुन्छ भन्ने मत देखिएको छ । निर्वाचन योभन्दा अगाडी पनि भएका थिए । भोलीका दिनमा पनि होलान् । हामी नेपालीहरुका लागि नेपाल देशको लागि मूल कानून लेख्ने कार्यकारी अधिकारको अंग रहेको प्रतिनिधिसभामा जितेर आउने सदस्हरुले नै हो । त्यसकारण नेपाल देश विकासको आधार तयार गर्नसक्ने विषय विज्ञहरु आउदो फागुन २१ गतेको निर्वाचनमा जितेर आउन र नेपाललाई विश्व अर्थतन्त्रमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend