जन आकाश
नेपालका एकीकरणका नायक तथा राष्ट्रिय एकता कायम गराउने महान स्वर्गीय पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती यहि पौष २७ गते भव्य रुपमा मनाईएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशिला कार्की, लगायत सरकारी निकायका पदाधिकारीहरु, बिभिन्न राजनीतिक दलका प्रमुखहरु लगायत नेपालको अखण्डता चाहने शक्तिहरु सिहदरवार अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण, फूलगुच्छा चढाई मनाइएको छ । नेपाल सरकारले यसै अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।
नेपाललाई वाईसे,चौविसे राज्यहरुलाई एकीकरण गरेर विशाल नेपाल बनाई शक्तिशाली नेपाल बनाउन भूमिका खेलेका थिए । गोरखा राज्यका राजा रहेका पृथ्वीनारायण शाहले राज्य रजौटाहरुलाई कतिपय समझदारीमा कतिपय यो अभियान नमान्दा युद्ध लडेर समेत जित्दै एकीकरण गरी नेपाल राष्ट्रको स्थापना गरेका थिए ।
नेपालका राष्ट्रपिताको नामले समेत उच्चारण गर्दै आएको नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उपदेशवाट धेरै कुराहरु नेपालीहरुले सिक्नुपर्ने थियो । छ । तर नेपालमा यतिवेला राष्ट्रिय भाइचारामा समस्या आएको छ ।
नेतृत्व विहिन देश जस्तो भएको छ । स्वदेशी उद्योगहरु बन्द छन् । नेपाल परनिर्भर देशको रुपमा परिचित बनेको छ । यहि वेलामा पृथ्वीनारायण शाहले नेपालमा जसले सीप जानेको छ अरुलाई पनि सिकाउनु आफ्नै देशको लुगा लगाउनु अन्न फल्ने ठाउँमा घर नबनाउनु जस्ता महत्वपूर्ण उपदेशहरु दिव्य उपदेशमा उल्लेख भएको पाईन्छ ।
जहिलेपनि ठूला छिमेकी राष्ट्रहरुसँग विशेष गरेर चीन र भारतसँग कुटनैतिक सम्बन्ध राम्रो बनाएर राख्नु कहिल्यै जाई नलाग्नु आईलागेका झिकी कटक गर्नु जस्ता महत्वपूर्ण वाणी, दर्शनहरु छोडेर गएका छन् ।
यो महत्वपूर्ण दर्शन विचार र साहासी अभियानले नेपालीहरुको उच्च मनोवलमा कहिल्यै निरासा छाउन दिने छैन । केही समयमा ढलपल भएको नेपाली राजनीतिले नेपालीहरुलाई अल्मलाई रहेको छ । यस्तो वेला राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको चतु¥याईवाट पनि नेपालीहरुले शिक्षा सिकेर देशलाई निकास दिन सक्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend