logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“ठुले” सिरियल सिजन २ को प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष ३० २०८२

काठमाडौं। क्राउन स्टुडियोको प्रस्तुति नेपाली सिरियल ठुले पुनः प्रसारण हुने भएको छ। आइतबार, राष्ट्रिय नाचघरमा “ठुले” सिरियल सिजन २ को प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो।



कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ कलाकार देशभक्त खनाल उपस्थित थिए। साथै, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पुष्कर भट्ट अतिथिको रुपमा आएका थिए । कार्यक्रममा विभिन्न टेलिसिरियलका कलाकार, निर्देशक, लेखक, निर्माता, प्राविधिक, पत्रकार, समाजसेवी, र संघ संस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिती रहेको थियो।

साथै, ठुले सिजन २ का प्रोमो प्रदर्शनीको क्रममा अतिथिहरू र कलाकर्मी, प्राविधिक, पत्रकार तथा समाजसेवीलाई सम्मान र मायाको चिनो दिएको थियो।

केही समय  रोकिएको  “ठुले” सिरियल आगामी शुक्रबारदेखि निरन्तर प्रसारण हुँदै छ । उ्क्त सिरियल शुक्रबारदेखि (मैना) अफिसियल युटुब च्यानलबाट प्रसारण हुने लेखक तथा निर्देशक विष्णु रिजालले जानकारी दिएकाछन् । कार्यक्रममा ठुले सिरियलको प्रसंसा गदैं अतिथिहरूले  यस सिरियलको निर्माणमा निकै मेहनत गरिएको र यसको कथा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सम्भावाना रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा देशभक्त खनालले सम्बोधन गर्दै, ठुले सिरियल समाजका वास्तविक घटना र कथाहरूसँग जोडिएको  यसले दर्शकहरूलाई सकारात्मक सन्देश दिने र समाजमा परिवर्तन ल्याउन सहयोग पुर्याउने आशा राख्दछ हामी सबै नेपाली कला क्षेत्रको प्रबर्द्धन र समृद्धिमा एकजुट भएर काम गर्नु पर्छ भन्ने आफ्नो धाराण व्यत गरेकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend