logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट


  • जन आकाश
  • आइतबार, माघ ४ २०८२

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डविरुद्ध ३ विकेट गुमाएको छ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ।

ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट हुन अर्की अ‍ोपरन विन्दु रावल ४४ रनमा आउट भईन्। ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो। पुजा महतो १२ रन बनाउँदा क्याच आउट भईन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend