logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

शिक्षक सेवा आयोगले माग्यो ४४६ जना शिक्षक


  • जन आकाश
  • सोमबार, माघ ५ २०८२

काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले माध्यमिक तह तृतीय श्रेणी अन्तर्गत ४४६ जना शिक्षक माग गरेको हो।



आयोगले सोमबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कार्यालय सञ्चालन तथा लेखा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, सिद्धान्त ज्योतिष र फलित ज्योतिष विषयमा शिक्षक माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।परीक्षा दस्तुर एक हजार रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा ६ सय रूपैयाँ लाग्नेछ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend