जन आकाश
काठमाडौं । बारामा एकै परिवारका आमा छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो ।
बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।
घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका ती युवक २६ जनवरी ९१२ माघ० मा मात्रै दुबईबाट नेपाल आएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend