जन आकाश
काठमाडौं । सन् २०२६ मा हुने टी(२० विश्वकपमा नेपाली टोलीको खेलको टिकटका लागि निकै ठूलो उत्साह देखिएको छ।मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा हुने नेपालका खेलहरूको टिकट बिक्री भारतका खेलहरूपछि सबैभन्दा बढी (दोस्रो स्थानमा) रहेको बेंग्लोर मिररले समाचार लेखेको छ। नेपालले यसपटक समूह चरणका चारै खेल मुम्बईको वाङखेडे रंगशालामा खेल्दैछ।
मिररका लागि गौरव गुप्ताले स्रोतलाई उल्लेख गर्दै नेपालको खेलका लागि टिकटको उच्च माग भएको लेखेका हुन्। मिररसँग कुरा गर्दै एक स्रोतले बताएअनुसार, भारतपछि सबैभन्दा धेरै टिकट नेपालको खेलका लागि बिक्री भइरहेको छ। यसले विश्वकपका दौरान वानखेडे स्टेडियममा नेपाली क्रिकेट समर्थकहरूको निकै ठूलो उपस्थिति प्रष्ट पारेको छ।
विश्वकपको अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा पुगेको नेपाली टोलीले त्यहाँ एक साता अभ्यास गर्नेछ।
भारतको मुम्बईमा तयारी गर्ने क्रममा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध तीन अभ्यास टी(२० खेलहरूको सिरिज खेल्ने तालिका छ। मुम्बईमा पहिलो अभ्यास खेल आज माघ १५ मा हुनेछ।
विश्वकपअघि नेपालले पहिलो वार्म अप खेल माघ २० गते युएईसँग र दोस्रो खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुनेछ । यी खेलपछि नेपाली टोली फेरि मुम्बई फर्कनेछ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ) २५० खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर(८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोली बाट
रोहित पौडेल (कप्तान)र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम। रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend