logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टी-२० विश्वकप स्ट्याक्स नेपालबाट प्रत्यक्ष प्रसारण


  • जन आकाश
  • शुक्रबार, माघ १६ २०८२

काठमाडौं । अर्को सातादेखि सुरू हुने दशौं संस्करणको आइसीसी टी(२० क्रिकेट विश्वकप यसपटक नेपालभर स्ट्याक्स नेपाल (STYX NEPAL) मार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ ।



माघ २४ गतेबाट सुरु हुने प्रतियोगिताका सबै खेलहरू नेपाली दर्शकहरूले मोबाइल, ट्याब्लेट तथा अन्य स्मार्ट डिभाइसबाट हेर्न सक्नेछन्।

यसका लागि नेपालकै पहिलो खेलकुद विशेष डिजिटल प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा आएको आयोजकले जनाएको छ। प्लेटफर्मले नेपाली खेलप्रेमीलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय खेलकुद सामग्री र प्रत्यक्ष खेल प्रसारण उपलब्ध गराउने उद्देश्य लिएको छ।

स्ट्याक्स नेपालका अनुसार टी–२० विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष प्रसारण गरिनेछ भने दर्शकहरूले ईसेवा मार्फत सदस्यता शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। प्लेटफर्म एन्ड्रोइड, आईओएस तथा अन्य स्मार्ट डिभाइसमा उपलब्ध हुने जनाइएको छ।

स्ट्याक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले टी–२० वर्ल्डकपलाई नेपाली दर्शकसम्म डिजिटल माध्यमबाट पहुँच पुर्‍याउने प्रयास भएको बताए। उनका अनुसार आगामी दिनमा थप अन्तर्राष्ट्रिय तथा स्वदेशी खेलकुद सामग्रीसमेत प्लेटफर्ममा समेटिनेछ।

नेपाली खेलकुद क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार हुँदै गएको सन्दर्भमा स्ट्याक्स नेपाल को सुरुवातलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend