logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालका कन्सल्टेन्ट प्रशिक्षक भन्छन्- टी-२० विश्वपकपमा भारतपछि बढी फ्यान नेपालकै हुन्छन्


  • जन आकाश
  • आइतबार, माघ १८ २०८२

काठमाडौं । आइसिसी टी(२०) विश्वकप २०२६ अर्को साता सुरू हुँदैछ। भारत र श्रीलंकामा हुने विश्वकपका लागि नेपालले अहिले मुम्बईमा अन्तिम तयारी गरिरहेको छ ।



समूह ‘सी’ रहेको नेपालले इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग मुम्बईमा समूहका खेल खेल्नेछ। विश्वकपमा लागि भनेर नियुक्त भएका नेपालका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले नेपाली टोलीको वातावरण रमाइलो भएको बताए।

त्यसको उदाहरण दिँदै टोलीले बसको यात्रा गरिरहदा लोकेश बम डिजेको भूमिकामा हुने र वातावरणलाई संगीतमय बनाउने प्रसंग सुनाए।

‘एउटा कुरा जुन म तपाईंलाई भन्न चाहन्छु, त्यो हो बसमा लोकेशको संगीत। त्यसैले, जब मैले नयाँ डिजे भेट्टाउन सक्छु, तब बसको यात्रा अझ बढी तनावमुक्त हुनेछ,’ उनले क्यानसँग कुरा गर्दै भनेका छन्।

उनले नेपाली टोलीका खेलाडीले कडा परिश्रम गरिरहेको र सिक्नका लागि तयार भएको पनि सुनाए। उनले भने, ‘उनीहरू (खेलाडीहरू) अद्भूत छन्, धेरै कडा परिश्रम गर्छन् र सुझाव तथा सुधारका लागि धेरै खुला छन्, जसले हाम्रो जीवनलाई धेरै सहज बनाउँछ।’

उनले नेपाली समर्थकको पनि प्रशंसा गर्दै नेपाली टोलीलाई उनीहरूले पछ्याइरदा सकारात्मक प्रभाव पार्ने बताए। साथै उनले यसपटक भारतमा नेपालको खेल हेर्न धेरै नेपाली दर्शक आउने पनि अपेक्षा गरे।

उनले भने, ‘मलाई लाग्छ कि भारतमा नेपाल दोस्रो सबैभन्दा धेरै फलो गरिने टोली हुने। भारतका प्रशंसकहरू सबैभन्दा धेरै हुनेछन् तर नेपाल सम्भवतः दोस्रो स्थानमा हुनेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend