logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

संघर्ष,संगीत र समाजसेवाको संगम खगेन्द्र दुलाल


  • जन आकाश
  • आइतबार, माघ १८ २०८२

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका—जहाँबाट जन्मिएको एउटा सपना आज सहरमा हुँदै संगीतको क्षेत्रमा स्थापित भइसकेका छन् । वि.सं. २०५२ साल ११ महिना १० गते दैलेख दुल्लु नगरपालिकामा जन्मिनुभएका खगेन्द्र दुलाल सानै उमेरदेखि संगीतप्रति गहिरो मोह राख्दै सहर पसे । गायक बन्ने सपनालाई बोकेर उनले करिब १० वर्षदेखि निरन्तर गीत–संगीतको साधना गरिरहेका छन्।



शब्द सिर्जना गर्ने, संगीत भर्ने र आत्माबाट गाउने—यी सबै पक्षमा खगेन्द्र सक्रिय छन्। जीवनका दुख–सुख, दबाब, अभाव र प्रभावका अनेकौं प्रखाल चिर्दै उनले संगीतलाई कहिल्यै छाडेनन्। यही निरन्तरताले आज उनलाई नेपाली गीत–संगीतको क्षेत्रमा स्थापित कलाकार को रूपमा उभ्याएको छ।

संगीत मात्र होइन, नेपाली राजनीतिप्रति पनि उनको गहिरो चासो छ। लोकतन्त्रको मजबुत आधार समावेशी बिकासको स्पष्ट दृष्टिकोण उत्तरदायी र जनमुखी नेतृत्व आजको नेपाली समाजको आबश्कता हो । देश बन्नुपर्छ र बन्नेछ भन्ने दृढ विश्वासका साथ उनी राजनीतिक विषयमा जान्न, बुझ्न र बहस गर्न रुचि राख्छन्। पार्टीमा क्रियाशील रहँदै राजनीतिमा सक्रिय युवा नेताका रूपमा उनी चिनिँदै गएका छन्।

विशेषगरी दैलेख क्षेत्र नम्बर–२ मा महिला, दलित, विपन्न तथा पछाडि पारिएका वर्गहरूको हितका लागि सामाजिक कार्यमा उनी निरन्तर अग्रसर छन्। समाज परिवर्तन संगीत र राजनीतिदुवै माध्यमबाट सम्भव छ भन्ने उनको बुझाइ व्यवहारमै देखिन्छ। उनको एउटा गित सार्वजानिक भएको छ युवाको आशा भरोशाको केन्द्र गगन दाई, यो गित निकै चर्चामा रहेको छ ।

सिभिल सब–इन्जिनियरिङ अध्ययन गरेका खगेन्द्र दुलाल पेशाले प्राविधिक, भावनाले कलाकार र सोचले समाजसेवी हुन्। नेपाली राजनीति र गीत–संगीतप्रतिको निरन्तर लगावले खगेन्द्र दुलाललाई आज संघर्षशील युवा पुस्ताको प्रेरणादायी पात्र बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend