logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नागरिकवाट बनेको सरकारले मल कारखाना खोलोस 


  • जन आकाश
  • आइतबार, माघ २५ २०८२

नेपालमा रासायनिक मल कारखाना खोल्न कोसिस भएको झण्डै दुईदशक भईसकेको छ । तर अहिलेसम्म रासायनिक मल कारखाना स्थापना गर्न सकेको छैन । यो नेपालको कृषि मन्त्रालयले गर्ने काम हो । यसलाई आवाश्यक बजेट अर्थ मन्त्रालयमा राय माग भई आवश्यक वजेट समेत व्यवस्थापन गर्न सकिने बताएको छ ।



कृषि मन्त्रालयले पनि सवै प्रक्रिया पुरा गरिसकेर आवश्यक मेशिनहरु ल्याउन तयारी समेत गरेको अवस्थामा काहा कस्ले किन रोकिरहेको छ । विगतमा त राजनीतिक पार्टीहरुको कार्यकर्ताले चलाएका सप्लायर्स, कन्ट्रक्शन लगायतको कस्ले ठेक्का पाउने कमिशनको खेलको विवादले रासायनिक मल कारखाना स्थापना गर्न समस्या भएको थियो होला अहिले त सडकवाट जनताले अर्थात नागरिकले आन्दोलनको वलमा स्थापना भएको सरकार छ । यो वेलामा छिटो छरितो ढंगवाट रासायनिक मल कारखाना स्थापनाको लागि काम गर्न सजिलो हुन्थ्यो र नेपाली किसानहरुले रासायनिक मलको लागी जहिले पनि समस्या भोग्दै अएका छन् । यस समस्याको सदाको लागी अन्त्य हुन्थ्यो यो गर्नै पर्ने काम किन भईरहेको छैन ।

कृषि मन्त्रालयले जतिसक्दो चाडो यो काम गर्न सक्नुपर्छ । आवश्यक बजेट अभावकै कारण स्थापन गर्न नसकिने हो भने ऋणमा कतैवाट व्यवस्थापन गरेर भएपनि रासायनिक मल कारखाना स्थापना गर्नुपर्छ । रासायनिक मल कारखाना स्थापना भएर उत्पादन थालेपनि बार्षिक अरबौ रकम विदेश गईरहेको छ । त्यो पैशा ऋण तिर्न पुग्छ ।

त्यसैले जसरी भएपनि रासायनिक मल कारखाना स्थापना गर्न नागरिक सरकारले गर्नुपर्छ । यो आम नेपाली कृषकहरुको माग रहेको छ । यसलाई सम्बन्धित कृषि मन्त्रालय अर्थ मन्त्रालय तथा नेपाल सरकारले नै नेपाली किसान र नेपाल देशको लागी एउटा महत्वपूर्ण काम हुनेछ । यो काम नागरिका सरकारले गरोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend