जन आकाश
लोकतान्त्रिक पद्धती भएको देशमा सवैको अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने मुल उद्देश्यमा आधारित संविधान नेपालमा छ । त्यसैको जगमा नेपालमा यतिवेला प्रतिनिधिसभा विघटन भएर पुनः संविधान निर्माणको चरणमा छ ।
यहिवेला राजावादी अर्थात राजासहित लोकतन्त्र चाहियो भनेर राजावादी समूहहरु सडकमा आन्दोलनरत छन् । त्यसमध्य सवैभन्दा उग्ररुपमा देखिएको दुर्गा प्रसाई नेतृत्वको समूह बढी आक्रमक देखिन्छ । प्रसाई नेतृत्वको समूहले राजा नल्याई गरिने निर्वाचन आफुहरुलाई स्वीकार्य नभएको भन्दै बिभिन्न ठाउँहरुमा कार्यक्रम गर्दै आएकाछन् । एक हिसावले उनले भनेको पनि ठिकै हो लोकतन्त्रमा सवैले आ–आफ्नो विचार, वाक स्वतन्त्र राख्न सक्छन् । त्यो अनुमोदन भने जनताले गर्ने गर्दछन् । तर दुर्गा प्रसाई नेतृत्वको समूहले गरेको आन्दोलन कतिपय वेला सडकमा आम नागरिकलाई दुखः दिने ढंगवाट गदै आएका छन् । यसरी सडकमा अरु हिड्ने बाटोमा अवरोध गरेर गर्ने कार्यक्रमले अरुको अधिकारको हनन् गर्छ त्यसकारण आफ्ना मागहरु सार्वजनिक गर्न अरुलाई अवरोध हुने क्षेत्र हेरेर गर्नुपर्छ ।
अर्को सरकार पक्षवाट पनि विचार राखेकै भरमा माग राखेकै भरमा कुनै व्याक्ति विशेषलाई पक्राउ गरेर थुनामा राख्नु हुदैन । दुर्गा प्रसाईले राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भनेर बिभिन्न कार्यक्रममा बोलेकै कारण प्रसाईलाई पक्राउ गर्नु थुन्नु लोकतन्त्र मानिदैन । उनलाई पटक पटक पक्राउ गरी थुनामुक्त गरिदै आएको छ ।
सरकार पक्ष आन्दोलनरत पक्ष वा अन्य राजनीतिक दल सवैले अनुसाशित भएर लोकतन्त्रमा जायज माग वा जनताले अनुमोदन गरेका कुराहरु स्वीर्कान सक्नुपर्छ । तव मात्र लोकतन्त्र बलियो हुनसक्छ ।
अहिले निर्वाचनको छेउछाउमा राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुले दिईरहेको अभिव्याक्ति व्यावहारहरु हेर्दा, सुन्दा उत्तेजक, आक्षेपपूर्ण, नकरात्मक द्धान्द्ध भड्काउने खालका देखिन्छन् । यस्तो नकरात्मक प्रबृतिले नेपालको विकास र उन्नति र नेपालको असल सस्कारलाई टेवा दिदैन ।
त्यसकारण लोकतन्त्रमा आफु अनुसाशित भएर अरुलाई अनुसाशन सिकाउनु अरुको अधिकार स्वीकार्नु अफू अनुसाशित भएर अरुलाई सम्मान गर्न सक्नु नै लोकतन्त्र हो । यो कुरा कसैले नर्बिसौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend