logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्वाचन आचारसंहिता पालना गर्न त्रिविद्वारा शिक्षक,कर्मचारीलाई निर्देशन


  • जन आकाश
  • सोमबार, माघ २६ २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहित विपरितका क्रियाकलाप नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न भनिएको छ। रजिस्ट्रारको कार्यालयका प्रमुख कृष्णहरि आचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शिक्षक एवं



कर्मचारीज्यूहरू समेतले निर्वाचन आचारसंहिता, २०८२ को विपरित हुने गरी कुनै पनि कार्य नगर्न÷नगराउनु हुन निर्देशानुसार अनुरोध गर्दछु।’आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

आचारसंहितामा शिक्षण संस्थाका शिक्षक एवं कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष प्रचारप्रसार गर्न नहुने लगायतका व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend