जन आकाश
काठमाडौं । आइसिसी टी(२०) विश्वकपमा आज तीन खेल हुँदैछ।आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।
स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।
दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्।
समूह बी मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।
समूह डी बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend