logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अर्थतन्त्र धारासायी काला ब्यापारी मालमाल


  • जन आकाश
  • मंगलबार, माघ २७ २०८२

नेपालको अर्थतन्त्रमा एकपछि अर्को गर्दै समस्या थपिदै आएको छ । पछिल्लो जेन्जी आन्दोलनपछि त झनै बजार चलायनमान हुन सकेको छैन । बजारहरु प्राय ठप्प जस्तै छन् ।
नेपालमा लगानी गर्न तयार भएर आउन लागेका विदेशी कम्पनीहरुले समेत देशको नीति अर्थात २०८२ फागुनमा हुने निर्वाचन र निर्वाचनत पछि कस्तो खालको सरकार बन्छ कस्तो खालको नीति आउछ भनेर कुरेर बसेका छन् ।



पछिल्ला वर्षहरुमा नेपालले हाइड्रोपावरमा केही प्रगती गरेको भएपनि अन्य व्यवसायहरुमा सोचेजस्तो प्रगति गर्न सकेको छैन । जसले गर्दा नेपालका युवा जो रोजगार गरेर जीवनयापन गर्न चाहान्छ । यस्ता युवाहरुले स्वदेशमा राजगार पाउन छाडेर विदेश पलायन भईरहेकाछन् । यस्तो अवस्था आउनु राम्रो उदारण होइन ।

त्यसमाथि पनि पछिल्लो जेन्जी आन्दोनलनपछि झनै युवाहरुको पलायन बढ्दै गएको छ । तर अर्को पाटो नेपालमा असल साशनको लागि काम गर्न चाहान्छु रोजगारी गरेर पसिना बगाएर काम गरेर बाच्न चाहान्छु र देशको विकासको लागि देशमा नै वस्न चाहान्छु भनेर लाग्ने नागरिहरुको लागि सम्भावना नभएपनि काला ब्यापारी बिचौलियाहरुलाई भने यस्ता अराजकता बढेको बेला, देश अस्थिर भएको बेला पारेर मालमाल हुने गरेको देखिन्छ ।

बजारमा उपभोग्य बस्तुहरुमा जति मन लाग्यो त्यतिमा बेच्ने अस्थिरताको फाइदा उठाएर हत्तियार किनबेच गर्ने तस्करहरु, हतियार बोकेर लुटपाट गर्ने लुटेराहरुलाई भने यतिवेला फाइदा पुगेको देखिन्छ ।

प्रहरीको मनोबल गिरेको वेला सुरक्षा पनि त्यति मजबुद देखिदैन । एक हिसावले भन्ने हो भने देशका नागरिकहरुमा आर्थिक रुपमा अभाव बढ्न थालेपछि समाजमा अनेक खालका समस्याहरु देखिएकाछन् ।

मानिसहरुको जीविकोपार्जनमा नै समस्या आउन थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend