जन आकाश
मोहन कार्की
यतिवेला नेपाली राष्ट्रिय क्रिकेट टिम भारतको बुम्बईमा टि २० विश्वकप खेल्न गएको छ । सोमवार भएको खेलमा नेपालले टि २० वल्डकप दुईपटकको विजेता ईग्ल्याण्डसँग भएको रोमान्चक प्रतिस्पर्धामा नेपालका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहदा नेपालका खेलप्रेमीहरुले मुम्बईको खेटे रंगशालामा विशाल उपस्थिति भएर समर्थन गरेको देख्दा ती खेलप्रेमीहरुले खेलाडी र देशप्रति माया र नेपाल देशप्रतिको भावना अत्यन्तै गर्व गर्न लायक बनेको छ ।
श्रीलंका र भारतमा भईरहेको टि २० वल्डकप खेलमा विश्वको ध्यान त्यता परिरहेको वेला नेपालमा भने निर्वाचनको चतारो छ । नेपाल प्राकृतिक सौदर्यले भरिएको देश र शान्ति भूमि गौतमबुद्ध जन्मेको पवित्र भूमि पनि भएको हुनाले नेपालमा अन्तराष्ट्रियस्तरका खेल मैदानहरु निर्माण गरेर अन्तराष्ट्रिय खेलकुदहरु आयोजना गरी नेपालले खेलकुद पर्यटनवाट नै धेरै आम्दानी गर्न सक्ने सम्भावना छ ।
नेपालमा भरखरै बनेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियम किर्तिपुरमा निर्माण सम्पन्न भईसकेर एनपिएल कप समेत सम्पन्न भएको छ । गोकर्णमा पनि अन्तराष्ट्रियस्तरको ग्राउन बनिसकेको छ गोकर्णको अन्तराष्ट्रिय स्टेडियममा फलाइट लाईटका कामहरु गर्न अझ बाँकीछन् । फुटवलको लागि भक्तपुरमा ५० हजार अट्ने रंगशाला बनाउन डिपिआरको काम भईरहेको छ । अन्य प्रदेशहरुमा क्रिकेट ग्राउनहरु बनिरहेका छन् । फुटबल ग्राउण्डहरु बन्दैछन् । यो नेपाली खेलाडीहरुको लागि मात्र नभएर देशकै लागि गौरवको विषय हो ।
नेपाल सरकारले भएका संरचनालाई तिव्रगतिमा सुधार गर्ने र नयाँ स्टेडियम तथा फुटबल मैदानहरु नेपालको सवैभन्दा लोकप्रीय भलिबल जस्ता थुप्रै खेलकुदका अन्तराष्ट्रियस्तरका खेलकुद सम्बन्धि सरचना तयार गरेर अन्तराष्ट्रियस्तरका खेलकुदका आयोजना गरी नेपाललाई खेलकुद क्षेत्रवाट पनि विश्वमा चिनाउन र विकासको नमुना देखाउन सकिन्छ ।
यस्ता बनाउन सकिने आधारहरुलाई प्रथामिकतामा राखेर काम थाल्नुपर्ने देखिन्छ । नेपालमा सरकारले गर्नुपर्ने काम चर्चित हास्य कलाकार सिताराम कट्टेल (र्घुमुस र सुन्तली ) फाउडेशले गौतमबुद्ध कृक्रेट स्टेडियम बनाउन कोशिस गरे पछि बिचमा विवाद बीच हाल चितवनको भरतपुरमा उक्त स्टेडियम निर्माणकै क्रममा सरकारले अपनत्व लिएर काम गरिरहेको छ । यस्ता राष्ट्रको गौरव मात्र नभईकन नेपाली खेलप्रृेमीहरुको लागि उत्साह, देशका नागरिकहरुको लागि भावनात्मक रुपमा देशभक्ति भावना जागृत र अन्तराष्ट्रियस्तरमा नेपालको कला, संस्कृति, परम्परा देशको परिचय बढानको साथै प्रतिष्ठा समेत उजागार गर्ने अवसर हुन्छ । त्यसको साथसाथै आर्थिक उन्नति त हुने नै भयो । यस्ता महत्वपूर्ण काम गर्न सवै नेपालीको चेत फिर्नु प¥यो ।
पुरानै तरिकाले कछुवा गतिमा निर्माणका काम हुने र विवाद निकालेर खेलकुदका आयोजना रोक्ने काम बन्द गरिनुपर्छ र खेलकुद क्षेत्रमा भईरहेका सवै खालका बिकृतिलाई सदाको लागि अन्त्य गर्न सक्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend