जन आकाश
काठमाडौं । प्रेम र समर्पणको भाव बोकेको नयाँ नेपाली गीत “तिमी मेरो चाँदनी हो” सार्वजनिक गरिएको छ। सुन्दर मुस्ताङका मनमोहक दृश्यहरूमा छायांकन गरिएको यस गीतले प्रेमलाई चाँदनीझैँ उज्यालो र पवित्र रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
गीतमा प्रताप दास र रञ्जिता विश्वकर्माको स्वर रहेको छ। शब्द तथा निर्देशन बिनोद सुनदासले गरेका हुन् भने संगीत संयोजन रबिन भुसालले गरेका छन्।
गीतको भिडियोमा सिखा बिसि र रमेश विश्वकर्माको अभिनय देख्न सकिन्छ। परियोजनामा सानु बिसिको लगानी र साथ रहेको निर्माण टिमले जानकारी दिएकाछन् ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटकमा दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। निर्माण टिमले दर्शक–स्रोताको माया र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथको अपेक्षा गरेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend