logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टी-२० विश्वकप,दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि नेपालको जित


  • जन आकाश
  • बुधबार, फाल्गुन ६ २०८२

काठमाडौं । मुम्बई । दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी(२०) विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ ।



मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।

यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरे ।

कुशल र आसिफको सुरुवात, दीपेन्द्रले गरे फिनिङ नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । यस संस्करणमा नेपालको पावर प्लेमा यो सबैभन्दा उच्च स्कोर हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध नेपालले पावर प्लेमा ४७र२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९।१ ओभरमा ७४ रनको साझेदारी गरे । तर अर्धशतक नजिक पुगेका भुर्तेललाई माइकल लिस्कले टम ब्रुसबाट क्याचआउट गराएपछि नेपालको रनगतिमा केही अंकुश लागेको थियो ।

आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि लिस्कले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए ।
अर्का ओपनर आसिफ पनि १२औं ओभरमा लिक्सकै बलमा आउट भए । आसिफले २७ बलमा २ छक्का प्रहार गरी ३३ रन जोडे । लिस्कले आफ् तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेल ९१६० लाई माइकल जोन्सबाट क्याचआउट गराउँदै तेस्रो सफलता दिलाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend