logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनताले रास्वपालाई बोकाएको भारी गन्तव्यमा पुगेर मात्र बिसाइयोस्


  • जन आकाश
  • बुधबार, फाल्गुन २७ २०८२

नेपाली जनताले २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई दुईतिहाई बहुमत दिएका छन् । यो बहुमत रास्वपाले सारेको घोषणापत्रको आधारमा र रवि, बालेनको क्रेज सुनेर यतिधेरै मत दिएका हुन् । रास्वपाले भन्दै आएको तपाईहरुको छोराछोरी, नातानातिनीको भविष्यको लागी भन्दै मत माग्ने क्रममा भनेका थिए । सोही अनुसार र पुरानालाई हेरयौ पटक पटक नयाँलाई हेरौ एकपटक भन्ने नाराका साथ निर्वाचनमा भाग लिएको पार्टी रास्वपालाई जनताले केही गरिपो हाल्छकी भन्ने प्रयोगको रुपमा पनि यो अवसर दिएको हुनुपर्छ ।



यतिवेला भरखरै मात्र देशभरीवाट उम्मेद्धारी दिएका प्रतिनिधिसभा सदस्यहरुमध्य धेरैले बिजय हाशिल गरिसकेका छन् । निर्वाचित भईसकेका प्रतिनिधिसभा सदस्यहरु नेपालको राजधानी काठमाडौमा पुगिसकेका छन् । विश्वको प्राकृतिक सुन्दर देश नेपालमा सम्भावना भईकन पनि विकासमा भौगोलिक कठिनाई राजनीतिक अचेतना र राष्ट्रिय नीति, नीयमहरु, ऐन कानूनहरु जनताको पक्षमा नभएको कारण तोकेको समयमा नतिजा निकाल्न सेकेको छैन ।

अपारदर्शिता र जनताले भनेको जस्तो भएन कुसाशन, भ्रष्टचार जस्ता विषय बढेको भनेर जेन्जी पुस्ताले गरेको आन्दोलनले ल्याएको संक्रमणलाई राजनीतिक निकास दिन भएको निर्वाचन हो । यो निर्वाचनले धेरै कोणवाट हेर्दा चुनौतीको बीचमा सम्भावनाको थालनी गर्ने अवसर पनि हो ।

यो परिस्थितिमा जनताले रास्वपालाई माथि उल्लेखित विषयहरु सावधान गर्ने र सम्पादन गरेर जनतालाई सहजता गराउन सक्छ भन्ने विश्वास गरेका हुन् । यो विश्वासलाई रास्वपाले आत्मसाथ गर्न सक्नुपर्छ ।

अर्को पुराना दलका विशेष गरेर कम्युनिष्ट घटनहरुले रास्वपा भनेको सम्राज्यवादी शक्तिवाट परिचालित हो भनेर आरोप लगाउदै आएका छन् । एमसिसि, एसपिपि पास गर्न अमेरिकाले बनाएको योजनामा रास्वपालाई जिताएको भन्ने आरोप छ । त्यसलाई चिर्न पनि देशको परराष्ट्र नीतिमा दिर्धकालीन नीति, बदिलो राष्ट्रिय नीति निर्माण गर्नुपर्ने भारी छदैछ । अर्को नेपालमा राजतन्त्र व्यवस्था बिस्थापन भएर गणतन्त्र स्थापना पछि असन्तोषको रुपमा वेला वेलामा उठिरहेको राजतन्त्रवादीको शक्तिलाई समेत विनविन स्विईचेशन हुने गरी राष्ट्रिय सहमति कायम गरेर देशलाई झनै बलियो बनाउनुपर्ने र अराजकताको पराकष्ठ बढ्दै गएको समस्यालाई हल गरेर आउदा दिनमा सु–सभ्य समाजको निर्माण गर्नुपर्ने चुनौतिको चाङ अगाडी उभिएको छ ।

त्यो चुनौतिको चाङको भारीलाई बोकेर रास्वपाले पार गर्नुपर्ने छ ।

यि सवै खालका चुनौतिको सामना गर्नुपर्ने भारी रास्वपासँग छ । यो भारी जनताले दिएको अभिमतलाई पुरा नगरेसम्म एक ढिक्का भएर जनताको पक्षमा नहुनजेलसम्म नबिसाई पुरा गरोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend